राष्ट्रसेवक
  • १७ फागुन २०८०
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित


    • राष्ट्रसेवक
    •    
    • May 22, 2023

  • काठमाडौँ, ८ जेठ । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।

    आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ ।

    राष्ट्रिय वाणिज्य बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिनुभयो ।

    उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ । अबको यात्रा झन् कठिन र सङ्घर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं ।”

    नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताउनुभयो ।

    “राष्ट्रिय वाणिज्य बैंकले आफैँले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनीका लागि सङ्घका तर्फबाट आभार प्रकट गर्छौं । यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ”, उहाँले भन्नुभयो । उहाँले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गर्नुभयो ।

    राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

  • ताजा समाचार