राष्ट्रसेवक
  • १३ वैशाख २०८१
  • मन बिग्रिएको हुँदा सम्पर्कविहीन भएँ : टोपबहादुर रायमाझी


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरालाई पक्राउ गरी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेर मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन बनेको आफ्नो बयानमा बताएका छन् । रायमाझीले आफ्नो कदम रोकिएको मात्र तर आफै सम्पर्कमा आउने क्रममा रहेको पनि दाबी गरेका छन् ।

    अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । उनले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको जिकिर गरेका छन् ।

     

  • ताजा समाचार