राष्ट्रसेवक
  • १२ साउन २०८१
  • संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आज(बुधबार)बस्ने भएको छ ।

    संघीय संसदको  बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपराह्न ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली मस्यौदा समितिका सभापति ध्रुवज्ञबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

  • ताजा समाचार