राष्ट्रसेवक
  • ०९ वैशाख २०८१
  • खाँण,रायमाझी,पाण्डेसहित १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ । शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहेको छ।

    आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म आजै अभियोग पत्र दर्ता गर्ने तयारी गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । प्रहरीको रायकै आधारमा अभियोजन दर्ता हुने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका छन् ।

    यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।

    शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।

    यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

  • ताजा समाचार