राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रपतिले आममाफी दिएसँगै रेशम चौधरीसहित ४८२ जना कैदी रिहा


    • राष्ट्रसेवक
    •    
    • May 29, 2023

  • काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् ।

    मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।

    गणतन्त्र दिवसको अवसरमा हिजो (आइतबार) राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

    उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतम लगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुल मालासहित कारागार पुगेका थिए ।

     

  • ताजा समाचार