राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रचण्ड-मोदीबीचको भेटवार्ता सुरू


    • राष्ट्रसेवक
    •    
    • June 1, 2023

  • काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ ।

    हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो ।

    यो भेटवार्ता सकिए लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता सुरू हुनेछ ।

    त्यसक्रममा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना गरिएको छ।

    सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने तयारी छ ।

    प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् ।

  • ताजा समाचार