राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट


    • राष्ट्रसेवक
    •    
    • June 9, 2023

  • काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै हुनुहुन्छ ।
    राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताउनुभएको उहाँका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताउनुभयो ।  सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।
    राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गर्नुभएको थियो ।
    दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ । नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्त्व दिँदै आएको छ ।
  • ताजा समाचार