राष्ट्रसेवक
  • १२ साउन २०८१
  • इसानको निबन्ध प्रतियोगितामा अर्याल प्रथम


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • September 5, 2022

  • काठमाडौँ, २० भदौ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सञ्चालन गरेको ‘इसान कृष्टिना अन्तरविद्याय निबन्ध लेखन प्रतियोगितामा हिशृङ्खला एकेडेमीका मेघा अर्याल प्रथम हुनुभएको छ । प्रतियोगितामा गोकर्ण माविका अञ्जिला थापा र टाइमलाइन स्कुलका सैमा शेर्पा क्रमशः द्वितीय र तृतीय हुनुभएको छ । एसइई उत्तीर्ण विद्यार्थीको सम्मान र प्रतियोगिताका विजयीलाई पुरस्कार वितरणबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा इसानका कार्यबाहक अध्यक्ष मदनराज रेग्मीले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार दिइने जानकारी दिनुभयो ।

    इसानका महासचिव गणेशप्रसाद खतिवडाले यही भदौ २२ गते हुने कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलबाट विजयीलाई पुरस्कृत गरिने जनानुभयो । कार्यक्रममा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिताका विजयी तथा विभिन्न ५० निजी विद्यालयको सहभागिता हुने जनाइएको छ । सो अवसरमा इसानमा आबद्ध विद्यालयबाट एसइईमा जिपिए चारसहित उत्कृष्ट ग्रेड ल्याउने ५२ विद्यार्थीलाई सम्मान गरिनेछ ।

    इसानका पूर्वअध्यक्ष राजकुमार श्रेष्ठले सरकारले नयाँ पाठ्यक्रम र परीक्षाका नीति लागू गर्दा उचित परामर्श र तयारी गर्नुपर्ने बताउनुभयो भने अर्का पूर्वअध्यक्ष बालमुकुन्द कार्कीले निजी विद्यालयले तोकिएबमोजिम कर तिर्दै आएको तर सकारबाट कुनै सहुलियत नपाएको गुनासो गर्नुभयो ।

  • ताजा समाचार