राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा निःशुल्क कपाल काट्ने तालिम दिदै बिस्टार


    • राष्ट्रसेवक
    •    
    • June 12, 2023

  • काठमाडौँ, २८ जेठ । बुढानिलकण्ठस्थित वडा नम्बर १० का युवायुवतीलाई बिस्टार एकेडिमी एण्ड युनिसेक्स सैलुनले ४५ दिने निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्दैछ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को प्रायोजनमा यो तालिम सञ्चालन हुन लागेको हो ।

    बुढानिलकण्ठस्थित वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले स्थानीय युवाहरुले तालिम पश्चात रोजगारीको वातावरण सिर्जना गर्न ४५ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गर्न लागेको बताए । ‘रोजगारी बढाउन, विदेश पलायन रोक्नका लागि हाम्रो शिक्षा रोजगारमुलक हुनुपर्छ ।’ वडा अध्यक्ष नवराजले भने, ‘खाडी जानु भन्दा यही कामलाई स्वदेशमा गर्न सिकौं । आफूले जानेको कामलाई सम्मान गर्न सिकौं ।’ पैसाको अभावमा व्यवसाय गर्न संकोच मानिरहेका युवाहरुलाई बुढानिलकण्ठ नगरपालिका आर्थिक व्यवस्थापनको जिम्मा लिने बताए । बुढानिलकण्ठस्थित वडा नम्बर १० भित्र बसोबास भएका, मतदाता नामावलीमा नाम समाबेश भएकाहरुले यस तालिममा सहभाागी हुने पाउँनेछन् ।

    यस्तै बुढानिलकण्ठस्थित वडा नम्बर १० का अध्यक्ष शम्भू भट्टराईले आफ्नाा नगरपालिका अरु भन्दा फरक रहेको बताए । ‘हामीले हरेक वडाका युवाहरुलाई सीप सिकाएर रोजगारी दिलाउने लक्ष्य लिएका छौं ।’ उनले भने, ‘हामीले जुन सुरुवात गरेका छौं । त्यसलाई क्रमिक रुपमा निरन्तरता दिनेछौं ।’ यस्तै उनले तालिम पश्चात् युवाहरुले सर्टिफिकेट लिएपछि हासिल गरेको ज्ञानको प्रयोग गर्नुफर्ने बताए ।

    कार्यक्रममा कलाकार हरि निरौला कत्रोच, सुबोध गौतम लगायतले सीप र उद्यमशिलताका बारेमा आफ्नो धारणा राखेका थिए । २५ जना युवायुवतीलाई बिस्टारका सञ्चालक बिक्रम गौतमले तालिम प्रदान गर्नेछन् । एक दशकदेखी मेकअप आर्टिस्ट र ब्युटि सैलुनमा अनुभवि बिक्रमले यो क्षेत्रमा निकै ठूलो स्कोप भएको बताए । ‘सीप हुनेहरुले न्युनतम २५ हजारदेखी लाख रुपैंयाँ भन्दा बढी कमाउन सक्छन् ।’ बिक्रमले भने, ‘बजारमा जनशक्तिको ठूलो अभाब छ ।’

  • ताजा समाचार