राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शंकाको भरमा मुद्दा चलाइएको भन्दै सचिव पाण्डेलाई रिहा गर्न माग


    • राष्ट्रसेवक
    •    
    • June 12, 2023

  • काठमाडौँ । कानुन व्यवसायीहरूले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न माग गरेका छन् ।

    शङ्काको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा सचिव पाण्डेलाई रिहा गर्न कानुन व्यवसायीहरूले माग गरेका हुन् ।

    अरु आरोपितहरूले बयानका क्रममा सचिव पाण्डेले कागजात फेरबदल गर्न सक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै शङ्काको भरमा कसैलाई पनि थुन्न नहुने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको भनाइ छ ।

    सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटीमा रिहा गर्नु पर्ने बताए ।

  • ताजा समाचार