प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ ।
लु१च६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिएको छ ।