राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर २ मा ४५ दिने आधारभुत ब्युटिसियन तालिम सम्पन्न


    • राष्ट्रसेवक
    •    
    • June 16, 2023

  • भक्तपुर, १ असार । सुमाज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको सहकार्यमा सुर्यबिनायक नगरपालिका वडा नम्बर २ मा ४५ दिने आधारभुत ब्युटिसियन तालिम सम्पन्न भएको छ ।

    वडा नम्बर २ कार्यालयको आर्थिक वर्ष ०७९/८० को महिला लक्षित कार्यक्रम अन्तर्गत जेठ १० गतेदेखी जेठ ३२ सम्म उक्त तालिम सञ्चालन गरिएको हो । उक्त तालिम सन्चालन अबधिमा वरिष्ठ ब्युटिसियन सरस्वती घिमिरेले आफुले प्रशिक्षार्थिको ज्ञान, सीप बढाउन आफुले सक्दो प्रयास गरेको बताउनु भयो । प्रशिक्षार्थिको हौसला बढाउन मेकअप र कपालको बारेमा स्पेशल मेकअप तथा हेयर कटिङ्ग स्पेशलिस्ट बिक्रम गौतमले तीन दिन तालिम प्रदान गर्नु भएको थियो ।

    मेकअप तथा हेयर कटिङ्ग स्पेशलिस्ट बिक्रम गौतमको हातबाट विशेषगरी ड्यामेज (चोट) लागेको मेकअप सिकाएका थिए । ‘त्यो हेरिसकेपछि परिक्षार्थिहरुमा खुसिको सीमा थिएन ।’ बिक्रमले भने ‘निकै राम्रो प्रतिक्रिया पाईयो ।’ ४५ दिनमा प्रशिक्षार्थिहरुले थ्रेडिङ, क्लिनजिङ, रोलर सेटिङ, मेनिक्योर, पेडिक्योर, स्याम्पु वास, मेक अप, जुरो, हर्बल ड्राइ, हातमा मेहेन्दी, ब्ल्व्ड्राएर, हेयर कटिङ्ग लगायत अन्य सीपबारे तालिम प्रदान गरिएको थियो । ऊक्त कार्यक्रमको समापन सुर्यबिनायक नगरपालिका वडा नम्बर २ को कार्यालयमा भएको थियो । नगर प्रमुख बासुदेब थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    ऊक्त कार्यत्रममा नगर प्रमुख थापाले कार्यक्रमको सफलताको शुभकामना दिदै महिला दिदी बहिनिहरुले लिएको सीपमुलक तालिमले आफनो क्षमता अभिबृद्धि गर्नमा जोड दिनुभयो । ऊक्त कार्यक्रमको अध्यक्षता महिला वडा सदस्य कल्पना खतिवडाले गर्नु भएको थियो । २५ जना तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथितिको हातबाट प्रमाण पत्र बितरण गरिएको थियो ।

    २ नम्बर वडा अध्यक्ष प्रदिप कार्कीले महिलाहरुको क्षमता अभिबृद्धि गर्न आत्मनिर्भर भई आय आर्जन र स्वरोजगारका लागि महिला लक्षित कार्यक्रम राखिएको बताउनुभयो । महिलाहरु केवल घर गृहिणिमा मात्र रुमल्लिएर नबस्न र महिलाभित्र रहेको क्षमतालाई सीपमा परिणत गरी स्वाबलम्वि बन्ने प्रेरित गर्नुभयो । आफनो क्षमता अभिबृद्धि गरी समाज रुपान्तरणमा महिलाको भूमिका आवश्यक रहेकोले सीपमुलक तालिममार्फत योगदान दिन आग्रह गर्नुभयो ।

    कार्कीले सीप सिकेर त्यतिकै नबस्न र केहि न केहि काम गर्न सुझाउनुभयो ‘प्रशिक्षार्थीहरुले राम्रोसँग तालिम लिएको अनुगमन र निरीक्षणको क्रममा पायौं ।’ उहाँले बताउनु भयो । सुमाज ब्युटिपार्लरका संस्थापक अध्यक्ष एवं मुख्य प्रशिक्षक सरस्वति घिमिरे र सहायक प्रशिक्षक सुष्मा खतिवडाले सहभागी प्रशिक्षार्थीहरुले सोचेको भन्दा राम्रोसँग जिज्ञासा लिई सिकेको बताउनु भयो । ‘आय आर्जनको बाटोमा आफ्नो खुट्टामा आफै उभिन सफल हुनेमा विश्वास छ ।’ घिमिरेले बताउनु भयो, ‘अझै पनि महिला दिदि बहिनिहरुलाई यस्तो प्रकारका कार्यक्रम थप आबश्यक छ ।’ उहाँले यस कार्यक्रमको लागि वडा नम्बर २ का अध्यक्ष प्रदिप कार्की र उहाँको टिमका सहयोगी मनहरुलाई विशेष धन्यबाद दिनुभयो ।

    साथै ऊक्त कार्यक्रममा मेकअप आर्टिष्ट बिक्रम गौतमले तीन दिनसम्म मेकअप सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो । समापनमा उहाँलाई कदर स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो । साथै प्रशिक्षार्थीहरुले आ–आफ्नो कला प्रदर्शन गरेका थिए । साथै वडा कार्यालयलाई तालिम प्रदान गर्न हल उपलब्ध गराउनु भएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

  • ताजा समाचार