राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज – ०६ आषाढ २०८० बुधवार को राशिफल


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ ।

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक लगानीको अवसर जुट्नेछ ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानो भूलका कारण गरेको काममा बाधा आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउन पनि सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – हाम्रो पात्रो

  • ताजा समाचार