राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मन्त्री सिंहको निधनमा आज सुदुरपश्चिममा शोक बिदा


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • धनगढी– सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो ।

    हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

    उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ ।

    गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनकी श्रीमति, भाउजुलगायतको निधन भएको थियो ।

    सुदूरपश्चिम सरकारले आज धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ ।

  • ताजा समाचार