राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नवौं विश्व योग दिवस कार्यक्रममा सहभागी हुन अमेरिका पुगे भारतीय प्रधानमन्त्री मोदी


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण बुधबारदेखि सुरु भएको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार तीन दिने यो भ्रमणलाई दुबै देशले मोदीको ऐतिहासिक र अमेरिकाको पहिलो राजकीय भ्रमण भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी बुधबार बिहान न्युयोर्क पुग्नु भएको छ ।

    भ्रमणको पहिलो दिन बुधबार मोदीले राष्ट्रसंघीय भवनमा नवौं विश्व योग दिवस कार्यक्रममा सहभागी हुनु हुने छ । राष्ट्रसंघीय महासचिवसहित विश्वभरका कूटनीतिज्ञहरुका साथ योग कार्यक्रममा उहाँ सहभागी हुनु हुने छ ।

    मोदीकै प्रस्तावमा राष्ट्रसंघले विश्व योग दिवस सुरु गरेको हो । प्रधानमन्त्री मोदीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने बिहीबार नै मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    अमेरिका बसाइका क्रममा मोदीले एक दर्जन बढी चर्चित कम्पनीका प्रमुख कार्यकारीहरु तथा ब्यापारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । टेस्लाका मालिक एलन मस्क, अन्तरीक्ष बैज्ञानिक नील डीग्रास टाइसन, नोबेल पुरस्कार विजेता अर्थशास्त्री पल रोमर पनि मोदीको भेटघाटको सूचिमा रहेका छन् ।

    मोदी जुन २४ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको समाचारमा उल्लेख छ ।

  • ताजा समाचार