राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

    गत जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान बिहान ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो । 

    चार्टर्ड गरिएको सो विमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली, चिनियाँ खेलाडीलगायत १३० जना बोकेर आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    विमानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरेका थिए । 

    पोखराको फेवातालमा यही असार ८ र ९ गते नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल हुँदैछ । सोही प्रतियोगितामा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर विमान पोखरामा अवतरण गरेको हो ।

    सो विमान काठमाडौँ हुँदै आजै चीन फर्किनेछ ।

  • ताजा समाचार