राष्ट्रसेवक
  • १२ साउन २०८१
  • किसानलाई अनुदानमा ट्र्याक्टर


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • नवलपरासी – बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ ।
    चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

    मध्यविन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यविन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्र्याक्टर हस्तान्तरण गरिएको हो । ट्र्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्र्याक्टर खरिदमा नगरपालिका र समूहले रु सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताउनुभयो ।

    मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पङ्गेनीले बताउनुभयो ।

    “नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ”, नगर प्रमुख अधिकारीले भन्नुभयो । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय सङ्कलन केन्द्र र केन्द्रबाट बजारसम्म पु¥याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उहाँले बताउनुभयो ।

  • ताजा समाचार