राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो: चिनियाँ राजदूत छन् सोङ


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • पोखरा– नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका हुन् ।

    यसअघि सोही विमानस्थलको उद्घाटनका बेलामा पनि उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको बताएका थिए ।

    उनका अनुसार चीनकै डिजाइन र सहयोगमा सो विमानस्थल बनेको हो ।

  • ताजा समाचार