राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पार्टी स्थापना दिवसमा रवि लामिछानेले मागे माफी


    • राष्ट्रसेवक
    •    
    • June 22, 2023

  • काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।

    सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।

    यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’

    यस एक वर्षमा आफूहरूलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए ।

  • ताजा समाचार