राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अनिलकेशरी शाह रास्वपामा प्रवेश, लोगो लगाएर प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रदान


    • राष्ट्रसेवक
    •    
    • June 22, 2023

  • काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

    पार्टी सभापति रवी लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए ।

    नबिल र मेगा बैंकको प्रमुख कार्यकारी भइसकेका शाह आजै आधिकारिक रुपमा रास्वपामा प्रवेश गरेका थिए ।

    उनलाई पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति लामिछानेले स्वागत गरेका थिए ।

     

  • ताजा समाचार