राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गोरखा जिप दुर्घटना: ५ जनाको मृत्यु १२ जना घाइते


    • राष्ट्रसेवक
    •    
    • June 23, 2023

  • गोरखा । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

    शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ।

    गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको र खोजी जारी रहेको जानकारी दिए। मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ। अन्यको खोजी जारी रहेको छ।

    उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

    दुर्घटना स्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली खटिएका छन् ।

    कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

  • ताजा समाचार