राष्ट्रसेवक
  • ११ साउन २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा जिप दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त


    • राष्ट्रसेवक
    •    
    • June 23, 2023

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

    प्रधानमन्त्री दाहाल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

  • ताजा समाचार