राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सरकारको निर्णयविरुद्ध अनशन बसेका उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन


    • राष्ट्रसेवक
    •    
    • June 23, 2023

  • काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन स्थगित गरेका छन् ।

    आफूलाई मरणासन्न हुनेगरि कुटपिट गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका विद्यार्थीको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध अनशन बसेका चलाउनेले त्यसलाई स्थगित गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनशन बसेका चलाउनेले त्यसलाई रोक्नुको कारणबारे जानकारी दिन आज दिउँसो  १ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

  • ताजा समाचार