राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बालकृष्ण खाँणलाई भेट्न कारागार पुगे परराष्ट्रमन्त्री एनपी साउद 


    • राष्ट्रसेवक
    •    
    • June 23, 2023

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार सुन्धारा पुगेका छन् ।

    परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घण्टा खाँणसँग भेटघाट गरेको कारागार प्रशासन स्रोतले जानकारी दियो। 

    भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

    जिल्ला अदालत, काठमाडौँले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरूलाई केन्द्रीय कारागार लगेको थियो ।

    २९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ ।

  • ताजा समाचार