राष्ट्रसेवक
  • ०४ साउन २०८१
  • कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन


    • राष्ट्रसेवक
    •    
    • June 24, 2023

  • सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए ।

    कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए । लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौँको बौद्ध तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

    लामाका दुई छोरा र चार छोरी छन् । विद्यार्थीकाल देखिनै कांग्रेस राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका  लामा १३औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए । 

  • ताजा समाचार