राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुदूरपश्चिम नाम हटाएर थारुहट प्रदेश नाम राखौं:  रेशम चौधरी 


    • राष्ट्रसेवक
    •    
    • June 24, 2023

  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राज्यले सुदूरपश्चिम नाम हटाएर थारुहट प्रदेश नाम राखिदिनुपर्ने बताएका छन् ।

    शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राख्दै औलो र मलेरिया पचाएर बसेका सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नाम राखिनुपर्ने उनको धारणा रहेको छ ।

    उनले सुर्खेत आउँदा आफू घर फर्केर आए जस्तो भएको बताए । ‘आफूलाई विमानस्थलमा स्वागत होला भनेर सोचेको थिएन,’ उनले भने । ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?,’ उनले भने,‘म अहिले देश भ्रमणमा रहँदा हिसाब गर्ने हो भने मान्छेले अहिलेसम्म ती/चार ट्रक खादा र मालाले स्वागत गरेका छन् ।’

  • ताजा समाचार