राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पशुपतिनाथको जलहरीमा प्रयोग भएको सुनको तौल जोखिने 


    • राष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौं । पशुपतिनाथको जलहरीमा प्रयोग भएको सुनको तौल जोखिने भएको छ । पशुपतिको जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा जोखिने भएको हो ।

     

    महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन। । पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो ।

     

    पुशपति विकाश कोष परिसरमा केहीबेरपछि जलहरीको तौल जोख्ने तयारी भइरहेको छ । पशुपति विकाश कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जलहरीको सुन जोख्ने तयारी भइरहेको बताए । अधिकारीले भने, ‘४ बजे जलहरीको तौल जोख्ने भनिएको छ । अहिले तयारी भइरहेको छ ।’

     

    पशुपति विकाश कोष,प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको छ । जलहरीमा भ्रष्टाचार भएको विषय संसदमा समेत प्रवेश गरेको थियो । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले समेत जलहरीको विषयमा अनुसन्धान गरिरहेको छ।

  • ताजा समाचार