राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बालुवाटार, ओम्नी प्रकरणका दोषी कसैलाई पनि छुट दिइँदैन : गृहमन्त्री श्रेष्ठ 


    • राष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गरेको भए कसैलाई पनि छुट नदिइने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा दिँदै उनले यस्तो बताएका हुन् ।

    बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा गृह मन्त्रालयको ध्यान गएको छ कि ढिसमिस हुन्छ भन्दै प्रश्न गरेका थिए ।

    जवाफमा गृहमन्त्री श्रेष्ठले भने, “तथ्य, प्रमाण, अनुसन्धानले देखाएअनुसार अनियमितता, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन । कुनै प्रकरणलाई छुट हुँदैन ।”

  • ताजा समाचार