राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ 


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ- सामान पार्सल गरी पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा ८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

    पोखरेलले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाइदिए भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसएपमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा आठ लाख चालिस हजार रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेका प्रहरीले जनाएको छ । पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी ललितपुर पठाइएको छ ।

  • ताजा समाचार