राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जसपा नभएको भए सङ्घीयता कहिले आउने थिएन: उपेन्द्र यादव


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • June 25, 2023

  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नेपालमा सङ्घीयता कहिले आउन नसक्ने बताएका छन् ।

    आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने समेत दाबी गरेका हुन्।

    उनले भने, ‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। जनता समाजवादी पार्टी नभए नेपालमा सङ्घीयता कहिले आउने थिएन। हिजोको मधेशी जनअधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो। यदि जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिताजस्ता कल्पनाका कुरा हुने थिए।’

  • ताजा समाचार