राष्ट्रसेवक
  • १० साउन २०८१
  • सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत


    • राष्ट्रसेवक
    •    
    • September 6, 2022

  • काठमाडौँ, २१ भदौ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्रियससभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको उक्त विधेयकलाई सर्वसम्म स्वीकृत गरिएको हो । विधेयकको विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राख्नुभएको थियो ।

    छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रतिनिधिसभाको आर्थिक समितिमा सरोकारवालासँग छलफल भई पारित भएको र प्रतिनिधिसभाले पनि पारित गरेको यो विधेयकलाई बढी व्यावहारिक र समयसापेक्ष बनाउने गरी ल्याइएको बताउनुभयो । उहाँले सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले देशको द्रुत आर्थिक विकास, आर्थिक स्थायित्व कायम गर्नका लागि सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा म्रौद्रिक नीतिबीच समञ्जस्यता कायम गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो ।

    विधेयकले ऋण लिने प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाएको, वैदेशिक ऋण नेपाल सरकारले मात्रै लिने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले नेपालको आर्थिक अवस्था सन्तोषजनक रहेको पनि उल्लेख गर्नुभयो ।

  • ताजा समाचार