राष्ट्रसेवक
  • १८ फागुन २०८०
  • बालेनविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा


    • राष्ट्रसेवक
    •    
    • June 26, 2023

  • काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदै छ ।

    न्यायाधीश ढुंगानाको इजलासमा शाहविरुद्धको निवेदनको सुनुवाइको सूचीको सातौँ नम्बरमा राखिएको छ । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । 

    अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरि बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । उक्त निवेदनमाथि सुनुवाइ हुन लागेको हो । 

    हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतकाे आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ ।

  • ताजा समाचार