राष्ट्रसेवक
  • १० जेठ २०८१
  • आज – १२ आषाढ २०८० मंगलवारको राशिफल


    • राष्ट्रसेवक
    •    
    • June 26, 2023

  • मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – हाम्रो पात्रो

  • ताजा समाचार