राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, आज ५ मन्त्रीले जवाफ दिँदै


    • राष्ट्रसेवक
    •    
    • June 27, 2023

  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।​ बैठक बिहान ११ बजे बस्ने भएको छ ।आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ५ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

    आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा सांसद्हरुले उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए।

  • ताजा समाचार