राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बिहेमा दाइजो नपुगेको भन्दै धम्क्याउने बेहुला विवाहमण्डपबाटै पक्राउ


    • राष्ट्रसेवक
    •    
    • June 27, 2023

  • काठमाडौँ – प्रहरीले काठमाडौँको नक्सालमा बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा प्रहरीले बेहुला सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मण्डपबाटै पक्राउ गरेको हो ।

     

    विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिनुका साथै, बेहुलीलाई हातपात र गाली समेत गरेका थिए ।

     

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ। आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका थिए ।

  • ताजा समाचार