राष्ट्रसेवक
  • १२ साउन २०८१
  • इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण


    • राष्ट्रसेवक
    •    
    • September 7, 2022

  • इटहरी, २२ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो ।

    राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन ।

    जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताउनुभयो । यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन वस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन वस्नुपर्ने बाध्यता हटेको छ ।

  • ताजा समाचार