राष्ट्रसेवक
  • १० जेठ २०८१
  • मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा वृक्षारोपण


    • राष्ट्रसेवक
    •    
    • June 29, 2023

  • काठमाडौँ । नेकपा(एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्व महासचिव मदनकुमार भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा वृक्षारोपण गरेका छन् ।

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले बरको बिरुवा रोपेका थिए ।

    अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्त्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

    एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

    विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । एमालेले साताव्यापी रूपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।उनको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

     

  • ताजा समाचार