राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ज्याक मा पाकिस्तान प्रस्थान,नेपाल आउनुको कारण भने खुलाएनन्


    • राष्ट्रसेवक
    •    
    • June 29, 2023

  • काठमाडौँ- चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् ।

    गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिसामा नेपाल आएका ज्याक मा विश्व चर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।

    नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

  • ताजा समाचार