राष्ट्रसेवक
  • २२ भदौ २०८१
  • मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिए


    • राष्ट्रसेवक
    •    
    • June 29, 2023

  • काठमाडौँ । मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित भएको कोसी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

    बैठक स्थगित भएपछि ‘केही तथ्याङ्क लिएर आउँछु’ भन्दै मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभा सचिवालयबाट निस्किएपछि बैठक नै अनिश्चित बनेको छ ।

    मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव राखेपछि त्यसमाथिको छलफलमा दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

    मुख्यमन्त्रीसँगै सरकारका मन्त्रीहरूसमेत सदनबाट बाहिरिएका छन् ।

  • ताजा समाचार