राष्ट्रसेवक
  • ११ फागुन २०८०
  • सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व


    • राष्ट्रसेवक
    •    
    • September 7, 2022

  • चितवन, २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहनुभएको छ ।

    प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेस प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई र सुदूरपश्चिमबाट ज्ञानुराज विनाडी चयन हुनुभएको छ । यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरि दाहाल, खड्गनारायण चौधरी, गङ्गा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी र पुष्पराज जोशी चयन हुनुभएको छ ।

  • ताजा समाचार