राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पुटिन र मोदीबीच वार्ता


    • राष्ट्रसेवक
    •    
    • June 30, 2023

  • नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच टेलिफोन वार्ताका क्रममा युक्रेनमा जारी युद्धलगायतका क्षेत्रीय एवम् विश्वव्यापी विषयमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति, सुव्यवस्था र स्थायित्व सुनिश्चित गर्न रुसको नेतृत्वमा चालिएका कदमको समर्थन गरेका छन् ।

    उक्त कुराकानीका क्रममा पुटिनले रुसको वर्तमान अवस्था र पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । उनले युक्रेनले कुनै पनि किसिमको सम्झौताका लागि राजनीतिक र कूटनीतिक कदम चाल्न अस्वीकार गरेको बताए । यस क्रममा मोदीले संवाद र कूटनीतिका आधारमा शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

    कुराकानीका क्रममा रुसमा हालै भएको वाग्नर समूहको विद्रोहबारे पनि कुराकानी भएको जनाइएको छ । त्यसबाहेक दुवै नेताले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न द्विपक्षीय सहयोगका विषयमा पनि कुराकानी गरेका थिए ।

  • ताजा समाचार