राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै


    • राष्ट्रसेवक
    •    
    • September 8, 2022

  • काठमाडौँ, २३ भदौ । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

    दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।

  • ताजा समाचार