राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भारतको महाराष्ट्रमा गुडिरहेको एक्सप्रेस बसमा आगलागी, २५ जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • July 1, 2023

  • काठमाडौँ । भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हुँदा २५ जनाको जलेर मृत्यु भएको छ ।

    दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो ।

    बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले लेखेको छ ।

    बस नागपुरबाट पुणेतर्फ आइरहेको बेला टायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो । त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

    दुर्घटनामा घाइते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भइरहेको छ । बसमा सवार केही यात्रुले भने बसको झ्यालको सिसा फुटाएर ज्यान बचाउन सफल भएका छन् । मृतकको पहिचान भई नसकेको खबर भारतीय सञ्चार माध्यमले दिएका छन् ।

    त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

  • ताजा समाचार