राष्ट्रसेवक
  • १२ साउन २०८१
  • परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै


    • राष्ट्रसेवक
    •    
    • July 3, 2023

  • काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् ।

    अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलवार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

    अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन स् उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनी असार २३ गते स्वदेश फर्कने छन् ।

  • ताजा समाचार