राष्ट्रसेवक
  • १२ साउन २०८१
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य


    • राष्ट्रसेवक
    •    
    • July 3, 2023

  • काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ । 

    इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

    बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५०, रु.६ र रु. ५ ले घटाइएको छ । 

    साथै साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ ।

  • ताजा समाचार