राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ललिता निवास जग्गा प्रकरण: बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा


    • राष्ट्रसेवक
    •    
    • July 4, 2023

  • काठमाडौँ-  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

    उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो ।

    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

  • ताजा समाचार