राष्ट्रसेवक
  • ११ साउन २०८१
  • घनश्याम उपाध्याय सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


    • राष्ट्रसेवक
    •    
    • July 4, 2023

  • काठमाडौँ । सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ ।

    मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।कार्य सम्पादनका आधारमा सरकारले उपाध्यायलाई बढुवा गरेको ती मन्त्रीले प्रशासनलाई बताए । यससँगै प्रशासनतर्फ कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बनेका छन् ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।

    उपाध्याय जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

    २०७९ भदौ २२ गतेदेखि काठमाडौँका सिडिओ रहेका उपाध्याय त्यसअघि एक वर्ष ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका थिए । उपत्यकामा रहेर दुई वटा निर्वाचन सम्पन्न गराएका उपाध्यायले प्रजिअ रहँदा टायम कार्ड लागू गर्नेदेखि सेवा प्रवाहमा चुस्तता ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए ।

    सरल प्रकृतिका उपाध्याय निजामतीमा स्वच्छ छविका प्रशासकका रूपमा चिनिन्छन् ।

  • ताजा समाचार