राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध


    • राष्ट्रसेवक
    •    
    • July 5, 2023

  • काठमाडौँ- संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको हो ।

    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

    प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

    यस्तै राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिन माग गरेका हुन् ।

  • ताजा समाचार