राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘एलओडी’ क्लबका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी


    • राष्ट्रसेवक
    •    
    • July 6, 2023

  • काठमाडौँ– काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब ‘एलओडी’का सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    क्लबमा बालिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

    पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ ।

    गत जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाको अनुसन्धानका लागि एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई प्रहरीले खोजिरहेको हो ।

  • ताजा समाचार