राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • July 6, 2023

  • दाङ– दाङको तुलसीपुरबाट रोल्पातर्फ गुडेको बसमा करेन्ट प्रवाह हुँदा बसमा यात्रा गरिरहेका दुईजनाको मृत्यु भएको छ।

    राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

    घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी महेन्द्र वली गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारका लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । बसमा २५ यात्रु रहेको बताइएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

  • ताजा समाचार